काठमाडौँ  ।  संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समितिमार्फत् सीमांकन टुंग्याउने प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् ।

मंसिर २ गतेको वार्तामै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले यस्तो प्रस्ताव अघि सारिसकेको, उतिबेलै यो प्रस्तावमा आफूहरु असहमत भएको बताउदै यादवले फेरि उही प्रस्ताव राख्नुको कुनै अर्थ नहुने टिप्पणी गरे  ।

अहिलेसम्म वार्ताका लागि कुनै सूचना नआएको उनको भनाई छ । सर्लाही, पर्सा, बाँकेलगायत जिल्लामा तनाव सिर्जना गरेर सरकारले वार्ताको वातावरण बिथोल्न खोजेको यादवको आरोप छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले पनि वार्ताका लागि आफूलाई अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको बताए ।

Comments

comments