स्टुडेन्ट टकमा यसपटक हामीले काठमाडौबाट मेलबर्न आएका सुशान्त योञ्जनसँग कुराकानी गरेका छौं । उनी अहिले मेलबर्न सिबिडीमा अवस्थित होम्स कलेजमा प्रोफेशनल एकाउन्टिङ विषय लिएर व्याचलर तहमा अध्ययन गर्दैछन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी :

तपाईको घर कहाँ पर्छ ?
मेरो घर काठमाडौंमा पर्छ ।

कहाँ पढ्दै हुनुहुन्छ ?
म मेलबर्न सिबिडीमा अवस्थित होम्स कलेजमा अध्ययन गर्दैछु ।

के पढ्दै हुनुहुन्छ ?
म प्राफेसनल एकाउन्टिङ लिएर ब्याचलर लेभलमा पढ्दै छु ।

Student Talk 0

आफूले रोजेको विषय कि परिवारले रोजेको ?
पहिला त म कन्सल्टेन्सीले रोजिदिएको बिजनेश म्यानेजमेन्ट विषय पढ्छु भनेर आएको थिएँ । किन भने मलाई जसरी भए पनि अष्ट्रेलिया आउँनु थियो ।

विद्यार्थी जीवन किन रमाइलो ?
नेपालमा भएको भए कुनै तनाव हुँदैन थियो । साथीहरु पनि प्रशस्तै हुन्थे । त्यसैले विद्यार्थी जीवन निकै रमाइलो हुन्थ्यो ।

विद्यार्थी जीवन किन नरमाइलो ?
तपाईले अष्ट्रेलियाको कुरा गर्नुभएको हो भने यहाँ पढाइ,जबदेखि हरेक कुरा आफैंले म्यानेज गर्नुपर्छ । यसले गर्दा सधैं तनाव,अभाव र चटारोपूर्ण जिन्दगी विताउँनुपर्दा साह्रै नरमाइलो लाग्छ ।

कलेजमा लभ गर्नु ठीक हो ?
मेरो विचारमा कलेजमा गरिने लभ अपरिपक्क हुन्छन् । त्यहाँ कुनै किसिमको सिरियसनेश हुँदैन । मात्र आकर्षणको लागि लभ गर्नेहरु भेट्टाएको छु । मेरो विचारमा कलेजमा लभ गर्नु भने समयको वर्वादी मात्र हो ।

लेक्चर मीठो कि लभलेटर ?
आफ्नै रुचीको विषय पढेपछि कक्षामा पढाइने लेक्चर नै मीठो नि ।

कक्षामा कस्तो बेला निदाइन्छ ?
कक्षामा म कहिले पनि निदाउँदिनँ । तर कहिलेकाही दिक्क लाग्दो भने हुन्छ ।

कक्षामै देखेको कुनै मीठो सपना ?
कक्षामा ननिदाउँने भएर होला खासै सपना देखेको याद छैनँ । त्यस्तो विशेष सपना केही छैन ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन कस्तो छ ?
यो आफ्नो करियर बनाउँने एउटा अवसर हो । तर तपाई यसमा कति गम्भीर हुनुहुन्छ,त्यसमा भर पर्छ । निश्चय पनि आफ्नो देश र परिवारबाट टाढा रहेर सबै कुरा आफैंले म्यानेज गर्दै पढ्नु चुनौतिपूर्ण कुरा हो । तर साथसाथमा यसबाट हामीलाई परिपक्का निर्णय गर्ने क्षमताको पनि विकास गराउँछ ।

Comments

comments