काठमाडौ । भारत भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री कमल थापाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ ।

अहिले बिहानसम्म समय भने तय भएको छैन । भेटवार्ता आज गर्ने विषयमा हिजो यकिन भएको तर प्रधानमन्त्री मोदीका तर्फबाट समय मिलिनसकेको दिल्लीमा रहनुभएका पत्रकार परशुराम काफ्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज भेटवार्ता हुने सम्भावना बढी छ ।  हिजो भारतीय विदेशमन्त्रीसँग भेटवार्ता भएको थियो । भारतले तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गरी नेपालले राजनीतिक समस्या समाधान गरेपछि नाकाबन्दी हट्ने आश्वासन दिएको छ ।

विदेशमन्त्रीस्वराजले तराईको समस्या समाधान भए नाकाबन्दी स्वतः हट्ने बताउनुभयो । भेटमा विदेशमन्त्री स्वराजले भारतबाट आपूर्तिमा कुनै पनि अवरोध नहुनेमा आश्वस्त पार्दै  त्यसका लागि नेपालले जतिसक्दो चाँडो नाकाको आन्दोलनलाई भने सामान्य बनाउनुपर्ने बताउनुभयो ।

Comments

comments