काठमाडौँ । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आफ्नो सम्पत्ति विवरणमा सप्तरीको सप्तकोसी नगरपालिकाको फत्तेपुरमा बाबुको नाममा नौ कट्ठा जग्गामा चारकोठे इँटाको गारो भएको र माथि जस्ताको छाना भएको घर रहेको उल्लेख गरेका छन् ।

मन्त्री मण्डलको सोही स्थानमा करिब १७ लाख रुपैयाँ मूल्यबराबरको जग्गा आफ्नै नाममा छ । मन्त्री मण्डलले विवाहमा पाएको तथा स्वआर्जनबाट कमाएको पाँच तोला सुन र दुई सय तोला चाँदी रहेको उल्लेख गरेका छन् । मन्त्री मण्डलकी श्रीमती तिलोत्तमा देवीले कृषि उपज एवं भैँसीपालनबाट कमाएको ५५ हजार रुपैयाँ नेपाल बैंकमा मौज्दात छ । मन्त्री मण्डलको एभरेस्ट बैंकमा ७३ हजार रुपैयाँ मौज्दात छ । उनले करिब आठ लाख ऋण लिएका छन् ।

उनीसँग भैँसी र मोटरसाइकल एक–एकवटा छन् ।

Comments