हिमालयन कंगारू विशेष । भारतले नेपालमाथि लगाउँदै आएको आर्थिक नाकाबन्दीको विरोधमा अष्ट्रेलियामा रहेका नेपाली समुदायले विहीवार त्यहाँको संसद बाहिर प्रदर्शन गरेका छन् ।

rallyभूपरिवेष्ठित मुलुक नेपालमाथि भारतले लगाएको नाकाबन्दी लगाएको विषयलाई अन्तराष्ट्रियकरण गर्ने उदेश्यले एनआरएनए अष्ट्रेलियाले दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत अष्ट्रेलियाको क्याबेरामा अवस्थित संसद भवन बाहिर वृहत विरोध प्रदर्शनको आयोजना गरेको हो ।

rally 2उक्त विरोध र्यालीमा सहभागी बन्न विभिन्न राज्यहरुबाट स्वस्फूर्त रुपमा नेपालीहरु रातारात क्यानबेरा पुगेका थिए । विरोध कार्यक्रमको नेतृत्व एनआरएनए अष्ट्रेलियाका क्षेत्रीय संयोजक महेन्द्रकुमार लम्सालले गर्नुभएको थियो ।
विरोध प्रदर्शनमा सहभागी हुन भिक्टोरियाको मेलबर्नबाट पनि उल्लेख्य संख्यामा नेपालीहरु क्यानबेरा पुगेका थिए । मेलबर्नबाट क्यानबेरा जाने टोलीहरुमा एनआरएनए अष्ट्रेलिया भिक्टोरियाका उपाध्यक्ष केशव कँडेल,ऋषि कँडेल,महेश भण्डारी,जोग लिम्बु,श्रीकृष्ण सिलवाल र अरुण लम्साल लगायत रहनुभएको छ ।

rally 1यस्तै सिड्नी लगायतका अरु राज्यहरुबाट पनि उल्लेख्य संख्यामा नेपालीहरु क्यानबेरा पुगेका थिए ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नै विहान ८ः३० बजेदेखि क्यानबेरास्थित संसद भवनमा आगमन र जम्मा भएका नेपालीहरुले त्यहाँ झण्डै पौने एक घण्टासम्म शान्तिपूर्ण प्रदर्शन गरे । त्यसक्रममा उनीहरुले विभिन्न प्लेकार्ड र व्यानर समेत प्रदर्शन गरे । शान्तिपूर्ण प्रदर्शन पछि अष्ट्रेलियाका परराष्ट्र मामिला मन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाइएको थियो । त्यस लगत्तै संयुक्त राष्ट्र संघको क्षेत्रीय कार्यालयमा पुगेर त्यहाँका प्रतिनिधिलाई पनि भारतले नेपालमाथि लगाउँदै आएको नाकाबन्दीको विरोधमा ध्यानकर्षण सहितको ज्ञापन पत्र बुझाइएको थियो ।

rally 8कार्यक्रम अन्तर्गत एनआरएनए प्रतिनिधिहरुले क्याबेरास्थित भारतीय दूतावास पुगेर भारतीय उच्चायुक्तलाई समेत भेटेका छन् । त्यसक्रममा नाकाबन्दी तत्काल खोल्न आग्रह गर्दै दूतावास मार्फत भारत सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो । उनीहरुले क्यानबेरास्थित नेपाली राजदूतलाई भेटी मधेस बन्द र भारतीय नाकाबन्दीका कारण मुलुक नै ठप्प बनिसकेको अवस्थामा यथाशीघ्र प्रभावकारी पहलकदमी थाल्न नेपाल सरकारलाई अनुरोध सहितको ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।

rally 5

PHOTO:ARUN LAMSAL/HIMALAYAN KANGAROO

Comments

comments