स्टुडेन्ट टकमा यसपटक हामीले नवलपरासीका सुरज केसीसँग कुराकानी गरेका छौं । उनी अहिले मेलबर्नस्थित एकेडेमिज अष्ट्रेलिसिया पोलिटेक्नीक कलेजमा आइटी विषय लिएर डिप्लोमा गर्दैछन् । प्रस्तुत छ उनीसँग गरिएको छोटोमीठो कुराकानी:

तपाईको घर कहाँ पर्छ ?
मेरो घर नवलपरासीमा पर्छ ।

कहाँ पढ्दै हुनुहुन्छ ?
म मेलबर्नको एकेडेमिज अष्ट्रेलिसिया पोलिटेक्नीक कलेज अध्ययन गर्दैछु ।

के पढ्दै हुनुहुन्छ ?
म आइटीमा डिप्लोमा गरिरहोको छु ।

आफूले रोजेको विषय कि परिवारले रोजेको ?
यो विषय म आफैंले रोजेको हूँ । किनभने सूचना र प्रविधिको क्षेत्र मेरो आफ्नो रुचीको क्षेत्र पनि हो ।

विद्यार्थी जीवन किन रमाइलो ?
नयाँ नयाँ कुरा सिक्न,बुझ्न र जान्न पाइन्छ । साथीहरु पनि धेरै हुन्छन् । त्यसैले विद्यार्थी जीवन रमाइलो लाग्छ ।

विद्यार्थी जीवन किन नरमाइलो ?
धेरै कडा नियमहरुको सीमाभित्र रहेर बस्नुपर्छ । यसरी नियममा बाँधिएर बस्नुपर्दा चाहिं विद्यार्थी जीवन नरमाइलो लाग्छ ।

Student Talk 0

कलेजमा लभ गर्नु ठीक हो ?
सबैको आ आफ्नो विचार र मान्यता होलान् तर मेरो विचारमा चाहिं ठीक हो । किनभने कमसेकम आफ्नो प्रेमी वा प्रेमिकालाई भेट्ने निहूँमा पनि कलेज पुगिन्छ ।

लेक्चर मीठो कि लभलेटर ?
साधारणतय लभलेटर नै मीठो हुन्छ नि । तर कहिले कहिं नौलो विषय भयो भने लेक्चर पनि मीठो हुन्छ ।

कक्षामा कस्तो बेला निदाइन्छ ?
कक्षामा जब विद्यार्थीहरुको हल्ला र शिक्षकहरुको वेकारको हर्कत देखिन्छ,त्यस्तो बेला चाहिं गज्जबको मीठो निन्द्रा लाग्छ । कहिले भुसुक्क निदाइन्छ भने कहिले हाइ काढ्दै बसिन्छ ।

कक्षामै देखेको कुनै मीठो सपना ?
त्यस्तो विशेष सपना त छैन । तर नेपालमा फर्केर गएर केही व्यवसाय गरी धेरै नेपाली जनशक्तिहरुलाई स्वदेशमै रोजगारी दिन पाएको सपना भने म अक्सर देखिरहन्छु ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको जीवन कस्तो छ ?
बन्जीको डोरी जस्तै । बन्जी तन्किञ्जेल मजा आउँछ,त्यसपछि त उस्तै हो । मेरो मतलव काम भइञ्जेल सबै सधैं रमाइलो काम छैन भने सबै विरानो । त्यसैले अष्ट्रेलिया आउँदा राम्ररी बुझेर मात्र आउँन म अब आउँने साथीहरुलाई सल्लाह दिन्छु । सकभर महँगो कलेज नछान्नुहोला । किनभने कलेजको फिले गोरुलाई भन्दा बढी जोताउँछ यहाँ ।

Comments

comments