मेलबर्न । विदेशी विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको कँडेल कन्सल्ट्यान्ट स्थापनाको १० औं वर्षमा प्रवेश गरेको छ ।

स्थापनाको एक दशक पुगेको अवसरमा आफ्नो सफलता र खुशी साटासाट गर्न कँडेल कन्सल्ट्यान्टले निशुल्क बार्बेक्यू पार्टीको आयोजना गर्ने भएको छ । उक्त पार्टीमा सहभागी बन्न अन्तराष्ट्रिय विद्यार्थी,तिनका अभिभावक तथा नेपाली समुदायलाई कँडेल कन्सल्ट्यान्टले अनुरोध गरेको छ । यस अवसरमा आफूहरुले प्राप्त गरेको विश्वास,साथ र सहयोगका लागि कन्सल्ट्यान्सीले सबैप्रति आभार समेत व्यक्त गरेको छ ।

रिजर्भेनसका आधारमा कार्यक्रम तय गर्नुपर्ने भएकोले इच्छुक शुभ चिन्तकहरुलाई अग्रीम रुपमा आफ्नो नाम टिपाइदिन आयोजकले अनुरोध गरेको छ ।

पार्टी आगामी २७ डिसेम्वर विहान ११ बजेपछि कोबर्ग लेक पार्कमा हुने तय भएको छ ।

Comments

comments