काठमाडौं । पछिल्लो राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस काठमाण्डौ जिल्लाले काठमाण्डौंमा जुलुस र सभा गर्ने भएको छ ।

भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनका कारण आममानिसको जन जीवन अत्यन्त कष्टप्रद हुँदै गएको भन्दै समस्या समाधानका लागि दलहरुलाई दवाव दिने कांग्रेसले बुधवार काठमाण्डौंमा जुलुस तथा सभा गर्न लागेको हो ।
सबै क्षेत्र, वर्गका मानिसका साथै आम सर्वसाधारणको समेत सहभागिता रहने जुलुस तथा सभाले दलहरुलाई राजनीतिक समाधानको लागि दवाव दिने आयोजकको विश्वास छ ।  बुधवारको सभा र जुलुसका बारेमा जानकारी दिन काठमाण्डौ आयोजना गरिएको कार्यक्रममा बक्ताहरुले मुलुक अत्यन्त राजनीतिक संकटवाट गुज्रिरहदा पनि दलहरु गम्भिर बन्न नसकेको आरोप लगाए ।

भारतीय नाकावन्दीका कारण कालोबजारी, महङ्गी र सर्वत्र अनियमितता बढ्दापनि नियन्त्रण गर्न असफल भएको भन्दै सरकारलाई पनि दवाव दिईने कांग्रेसले जनाएको छ ।

Comments