काठमाडौँ । चीनको राजधानी बेइजिङमा चालु रहेको नेपाल आयल निगमको प्राविधिक टिम र पेट्रो चाइनाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको भएपनि कर छुटमा समस्या परेको वार्तामा सहभागीले बताएका छन् ।

नेपाल आयल निगमका निमित्त निर्देशक सुशील भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर छुटको विषयले वार्ता अलमलमा परेको बताए । प्राविधिक टोलीमा सहभागी अर्का सदस्य दीपक बराल भने सोमबारै नेपाल फर्किएका छन् । प्राविधिक टोलीको काम लगभग सकिएकाले दीपक बराल फर्किएका हुन् ।

बाँकी केही काम गर्नुपर्ने र पछि मन्त्रालयस्तरको टोलीका लागि केही गृहकार्य गर्न बाँकी भएकाले दूताबासको आग्रहमा आफू बेइजिङमा रहनु परेको भट्टराईले  बताए । पट्रोल र डिजेल आपूर्तिमा धेरै कुरा सकारात्मक भएको र अब एलपी ग्यास आपूर्तिमा केही कुरा हुन बाँकी रहेको उनले बताए ।

Comments

comments