मेलबर्न । ग्रेस इन्टरनेशनल एकेडेमीले मेलबर्नमा आफ्नो शाखा विस्तार गरेको छ ।

नेपालको काठमाडौं सहित देशका विभिन्न शहरहरुमा शाखा विस्तार गरी सफलताका साथ सञ्चालन गर्दै आएको ग्रेसले पछिल्लोपटक अष्ट्रेलियाको मेलबर्नमा पनि शाखा विस्तार गरेको हो । यसअघि नै अष्ट्रेलियाका केही शहरहरुमा ग्रेसको शाखा शुरु गरिसकिएको छ । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थी र अभिभावकहरुको विश्वास जित्दै आएको ग्रेसले मेलबर्नबाट पनि सेवा दिने भएपछि धेरै जनाले खुशी व्यक्त गरेको ग्रेसको मेलबर्न शाखाका निर्देशक दीपक आचार्यले बताउँनुभयो । अष्ट्रेलिया र नेपालमा विद्यार्थी र अन्य भिसा सम्बन्धी कार्य भरपर्दो तरिकाले गर्ने गर्ने शैक्षिक संस्थाको रुपमा ग्रेसले विश्वास जित्दै आएको आचार्यले बताउँनुभयो । सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनलले नेपालको काठमाडौं,चितवन,हेटौंडा र नेपालगञ्जमा शाखा विस्तार गरिसकेको छ ।

यस्तै अष्ट्रेलियामा पनि मेलबर्न र एडिलेडमा शाखा खोली विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । यो शैक्षिक संस्थाले अष्ट्रेलियाका १५ भन्दा बढी विश्व विद्यालय र ३० भन्दा बढी कलेजहरुसँग सम्बन्धन प्राप्त गरिसकेको छ । ती विश्व विद्यालय र कलेजहरुमा प्रोफेशनल कोर्स अध्ययन गरिनुको साथै आकर्षक छात्रवृत्तिको समेत व्यवस्था रहेको आचार्यले बताए ।

Comments

comments