मस्को । रुसकी एक ग्लामरस सांसद कारमा सेक्स गर्दा गर्दै मारिएकी छिन् ।

३० वर्षीया सुन्दरी सांसद ओकसना बोब्रोब्स्काइ कारमा भएको विस्फोटमा मारिएकी हुन् । उनीसँगै उनका पति पनि मारिएका छन् । ओक्सना राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियन पार्टीका तर्फबाट निर्वाचित सांसद थिइन् । पति पत्नीबीच विवाद भएपछि उनको पति आफैंले आत्मघाती ग्रिनेट विस्फोट गराएको समाचारहरुमा उल्लेख छ । ओक्सना र उनको पतिबीच केही समय यता सम्बन्ध चिसिदै आएको बताइएको छ । ओक्सनाका पतिले आफूलाई छोडेर उनी अरु कुनै धनाढ्य पुरुषसँग लहसिन थालेको आरोप लगाउँदै आएका थिए ।

मध्यरातमा माइनस ६ डिग्री सेल्सियस तापक्रममा ओक्सनाको कार्यालय नजिकै टोयटा कारको पछाडि सिटमा बसेर सम्भोगरत रहँदा उनीहरुबीच वादविवाद भएको थियो । विवाद चुलिदै गएपछि आवेगमा उनका पतिले ग्रिनेट विस्फोट गराएका थिए । ग्रिनेट समातेको अवस्थामा उनको पतिको शव फेला परेपछि यो आत्घाती विस्फोट भएको खुलेको हो । यसअघि आतंककारी हमलामा उनीहरु मारिएको आशंका गरिएको थियो ।

Comments

comments