काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको बन्दको कारण सडकमा गाडी कम चलेका छन् ।

विभिन्न ठाउँबाट काठमाडौं भित्रिने रात्री बस बिहानसम्म चलेपनि अहिले भने राजमार्गमा समेत गाडी कम चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

बिहान पढाई हुने धेरै स्कुल कलेज समेत खुलेका छैनन् । इन्धन अभावका कारण गाडी कम चलेका बेला माओवादीको बन्द भएपछि असर देखिएको हो ।

भारतीय नाकाबन्दी राष्ट्रियतामाथिको हस्तक्षेप भएको र आमनागरिकको चुलो बल्न नसकेको विरोधमा बन्द गरिएको माओवादीले जनाएको छ । तर नाकाबन्दीको बिरोधमा भएको बन्दबाट झन् सास्ती थपिएको नागरिकले गुनासो गरेका छन् ।

Please follow and like us:

Comments