काठमाडौं । यस वर्षकी मिस अर्थ इन्डिया आइतल खोस्लाले नेपाललाई भारतकै एउटा हिस्साको रुपमा प्रस्तुत गरेपछि उनको चौतर्फी आलोचना भैरहेको छ ।

मिस अर्थको विभिन्न विधामध्ये ईको ब्युटीअन्तर्गत तयार पारिएको आफ्नो भिडियोमा मिस अर्थ इन्डिया २०१५ ले भारतको दाबी गर्दै नेपालका विभिन्न मनोरम स्थलहरुको दृश्य समावेश गरेपछि उनको विरोध हुन थालेको हो ।  नेपालको प्राकृतिक सौन्दर्य समेटिएको दृश्य भिडियोमा समेटेर उनले आफ्नो प्रिजेन्टेशन भिडियो तयार पारेकी हुन् । दुई मिनेट १४ सेकेण्डको भिडियोमा राजधानी काठमाडौंको ट्राफिक, हिमाल र प्राकृर्तिक सौन्दर्यको दृश्यलाई भारतको भनेर गलत प्रचार गरेकी छिन् ।

यूट्युबमा राखिएको भिडियो हेरेपछि उनको सर्वत्र विरोध भएपछि अहिले आधिकारिक भिडियो भने खोस्लाले हटाएकी छिन् । तर उनको औपचारिक धारणा भने आइसकेको छैन ।

https://www.youtube.com/watch?time_continue=2&v=V4vvZF7mbC8

Comments

comments