एजेन्सी । ब्रिटिश सिंगल बोर्ड कम्प्युटर निर्माता कम्पनी Raspberry Pi फाउन्डेशनले मात्र ५ डलर अर्थात नेपाली रुपैयाँ करिब ५५० को कम्प्युटर प्रस्तुत गरेको छ।

जुन मात्र ६.५ सीएमको छ। महत्वपूर्ण कुरा यो डिभाइस कम्पनीले आफ्नो मासिक म्यागाजिनका साथ निःशुल्क दिने भएको छ।

कम्पनीले यसको नाम Pi Zero राखेको छ। जुन लिनक्स प्लेटफर्ममा बनेको Raspbian ओएसमा आधारित छ । यो १जीएचजेड प्रोसेसर भएको कम्प्युटरमा ५१२एमबी रैम र स्ट्यान्डर्ड युएसबी पोर्ट प्रयोग गरिएको छ। साथै यसले माइक्रो एसडी कार्ड पनि सपोर्ट गर्दछ । जसका कारण यसको मेमोरी बढाउन सकिनेछ ।

क्रेडिट कार्डभन्दा पनि सानो यो डिभाइसमा एचडीएमआई पोर्ट राखिएको छ। जसले १०८० पिक्सेल रेज्युलेशन स्क्रीन भएको मोनिटर सपोर्ट गर्दछ । स्मरणरहोस् Raspberry Pi ब्रिटेनमा सबैभन्दा बढी विक्री हुने कम्प्युटर हो । यद्यपि यो कम्प्युटर अमेरिका र बेलायतका केही स्थानमा विक्री गरिँदैछ ।

Comments

comments