नयाँ दिल्ली । जम्मु–काश्मिरमा आतंकवादीको सम्भावित घुसपैठको खुफिया जानकारी आइरहेका बेला बुधबार भारत सरकारले आतंकवादी संगठन आइएसआइएसले भारतले एकल आतंकवादीको प्रयोग गरेर आक्रमण गर्न सक्ने बताएको छ।

सरकारले आतंकवादी संगठन भारतमा हिंसा फैलाउने तयारीमा रहेको भन्दै यसप्रकारको उद्देश्य विफल पार्न केही गम्भीर कदम चाल्नुपर्ने बताएको छ।

भारतीय गृहराज्यमन्त्री किरन रिजिजूले भारतीय टेलिभिजन च्यानल इन्डिया टुडेको कार्यक्रम टु द प्वाइन्टमा कुरा गर्दै करण थापरलाई भने–चुनौतिहरु विद्यमान छन्, हामीले स्वीकार गर्नुपर्छ कि यो वास्तविकता हो ।

उनले यो कुरा सन् २००८ मा भएको मुम्बई आक्रमणको सातौं वार्षिकीका अवसरमा आइएसआइएसले भारतमा एकल आतंकवादी आक्रमण गर्ने सक्ने सम्भावनाका विषयमा सोधिएको प्रश्नको उत्तर दिँदै बताएका हुन् ।

कार्यक्रममा उनले उत्तर भारतीय राज्यका मुस्लिमको तुलनामा दक्षिण भारतीय राज्यका मुसलमान आइएसआइएसको विचारधाराप्रति अधिक आकर्षित भएको बताए । उनले भने–यो एउटा वास्तविकता हो । दक्षिण भारतीय मुस्लिम आइएसआइएसप्रति आकर्षित भइरहेका छन् । यो एउटा तथ्य हो । तैपनि हामीले देशको अन्य भागमा आफ्नो निगरानी कमजोर गर्नु हुँदैन ।

गृहराज्यमन्त्री रिजिजूले सन् २००८ मा मुम्बईमा भएको आतंकवादी आक्रमणपछि सुरकार सुरक्षातन्त्र बलियो बनाउन सफल भएको बताए । उनले आइएसआइएसको आक्रमणका सन्दर्भमा सोधिएको प्रश्नमा उनले भने–जसबाट देशमा सुरक्षा खतरा हुन्छ, त्यसलाई गम्भीरतापूर्वक लिइनेछ । गृहमन्त्रालयले देश र जनताको सुरक्षा प्रदान गर्नेछ ।

गृहमन्त्रालयमा प्राप्त पछिल्लो खुफिया रिपोर्टका अनुसार आइएसआइएसले पेसावरबाट ३० जनाको टोली पाकिस्तान नियन्त्रित काश्मिरमा बोलाएको छ। जसले आतंकवादीलाई भारत प्रवेशमा सघाउनेछ । यति मात्र होइन, खबरअनुसार घाटीमा हालै जैस–ए–मोहम्मद, लश्कर–ए–तैयबा र हिजबुल मुजाहिद्दिनको संयुक्त बैठक समेत बसेको छ । खुफिया रिपोर्टअनुसार तीन वटै संगठनले नयाँ शिराबाट घुसपैठको योजना बनाएका छन् ।

Comments

comments