नायिका नन्दिता केसी अविवाहित छिन् । र, नेपाली समाजले सेक्सका लागि विवाह गर्नैपर्छ भन्ने नियम राखेको छ,यद्यपि अहिले त्यो म्याद गुज्रिसकेको अवस्थामा छ । त्यसैले होला अविवाहित नन्दिताले पनि सेक्स सम्बन्धी आफ्नो धारणा खुलेर राखेकी छिन् । आज प्रकाशित एक साप्ताहिक पत्रिकालाई सेक्स सम्बन्धी आफ्नो धारणा राख्ने क्रममा उनले भनेकी छिन्–सेक्सले सम्बन्धलाई दिगो बनाउँछ ।

करिब एक दशक लामो अभिनय करियरको दौरान उनको संगत थुप्रै नायकहरुसँग भए । तर उनको नजरमा जीवन लुइटेल सबैभन्दा सेक्सी पुरुष लाग्छ रे । लुइटेलको शारीरिक बनावट,ड्रेस सेन्स,बोली,मुस्कानबाट रियल लाइफमै उनी भुतुक्कै हुन्छिन् रे । अविवाहित भए पनि उनी वयस्क छिन् । त्यसैले उनी सेक्सलाई शारीरिक आवश्यकता मान्छिन् । उनी भन्छिन्–सेक्स सबैलाई चाहिन्छ । तर सेक्सलाई हल्का रुपमा लिन नहुने उनको भनाइ छ । सेक्स सही समय,सही ठाउँ र सही मान्छेसँग मात्र गर्नुपर्छ भन्ने मान्यता उनको छ ।

उनको विचार र सेक्सप्रतिको खुला अभिव्यक्ति सुन्दा निकै परिपक्का लाग्छ । उनले केको आधारमा यस्ता अनुभवी धारणा राखिन् ? यही प्रश्नले अहिले धेरैको मथिङ्गल हल्लिएको छ ।

Comments

comments