मेलबर्न । नेपाली दुतावास क्यानवेराले पछिल्लो तीन महिनामा निवेदन बुझाएकाहरुको एमआरपी तयार भएको जनाएको छ । तर एमआरपी तयार भैसक्दा पनि दामो समयसम्म लिन नआएकाहरुको नामावली समेत दूतावासले सार्वजनिक गरेको छ ।

दूतावाससम्म आउँन नभ्याउँनेहरुका लागि हुलाक सेवाबाट पनि तयार भएका एमआरपी पठाउँन सकिने व्यवस्था दूतावासले मिलाएको छ । तर यसका लागि व्यक्ति आफैंले २ वटा एक्सप्रेस खाम किनी एउटामा पुरानो पासपोर्ट र त्यसभित्र अर्को खाम राखि आफ्नो पूरा लेखि पठाउँनुपर्नेछ । त्यसरी पूरानो पासपोर्ट पोस्टगरि पठाएको ३ दिनमै प्राप्त गर्न सक्ने गरी नया पासपोर्ट पठाइदिने दूतावासले जनाएको छ ।

मंगलवारदेखि विश्वभर एमआरपी अनिवार्य भैसकेको छ ।

सअघिका लटमा आएका पासपोर्ट पनि क्यानबेरामा नै थन्किएको र विविध कारणले निवेदकहरुसम्म पुग्न नसकेको अवस्थामा दूतावासको वेवसाईटमा वा परराष्ट्र मन्त्रालयको साईटमा गएर आफ्नो पासपोर्टको वर्तमान स्थितिको जानकारी लिने र त्यस अनुसार संकलन गर्न जानुपर्ने दूतावास श्रोतले जनाएको छ । दूतावासमा फोन सम्पर्क गर्नेभन्दा पनि आफ्नो नाम यी सूचिहरुमा पत्ता लगाउने र आफ्नो कागजपत्र खामसहित दूतावास पठाउँदा सबैभन्दा सजिलो हुने र छिटो पनि एमआरपी हात पर्ने बताइएको छ । हेर्नुहोस् सूीच यो लिंकमा

http://nepalpassport.gov.np/mrp-status/missionwise.php#dispatched

Comments

comments