एजेन्सी  । युभेन्टस च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह डी को शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा युभेन्टसले म्यानचेस्टर सिटीलाई १–० ले हरायो ।

युभेन्टसको जितमा १८ औं मिनेटमा मारियो मान्जुकिकले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानमा उक्लिएको युभेन्टसको पाँच खेलबाट ११ अंक भएको छ । पाँच खेलबाट ९ अंक जोडेको म्यानचेस्टर सिटी दोेस्रो स्थानमा झरेको छ । समुह डी अन्तर्गतकै खेलमा सेभिल्ला बोरुसिया एम’ग्ल्याडबाचसँग ४–२ ले पराजित भएको छ । जितपछि पाँच खेलबाट पाँच अंक बनाएको बोरुसिया एम तेस्रो स्थानमा उक्लिएको छ ।

पाँच खेलबाट तीन अंक मात्रै जोडेको सेभिल्ला समुहको पुछारमा छ ।

Comments

comments