– रिया भण्डारी ।

असहयोग र अवरोधको दोहोरो शिकारमा परेको मुलुकले अहिले बिभिन्न क्षेत्रमा कठिनाई भोग्दै आएको छ । चरम अभाव बढ्दा स्वास्थ्य क्षेत्रमा परेको असरले शिक्षण अस्पताल महाराजगञ्ज जस्तो मुलुकको ठूलो र प्रतिष्ठित अस्पतालको आइसियुमा रहेका बिरामीलाई समेत अन्यत्र सार्न थालिएको छ ।  अस्पतालमा बिद्युत सप्लाई मंगलबार बेलुकादेखि अबरुद्ध भएपछि बिरामीहरुको अवस्था समेत चिन्ताजनक बनेको छ ।

मुलुकमा इन्धनको संकटसंगै अस्पतालमा विद्युतीय समस्या समेत थपिए पछि आइसीयु बन्द गर्नु परेको अस्पतालले जनाएको छ । त्यसैगरी बिद्युत अभावकै कारण इमर्जेन्सी सेवामा लाइफ सेभिङ अप्रेसन बाहेकका अप्रेसन सेवा समेत अवरुद्ध भएका छन् । मुलुककै प्रतिष्ठित मानिएको महाराजगञ्जस्थित शिक्षण अस्पातालको अति संवेदनशील कक्ष आइसीयुमा नै विधुत अवरुद्ध भएको र  इन्धनको अभावले जेनेटर चलाउन समेत नसक्दा आइसीयुका संवेदनशील बिरामीलाइ अन्यन्त्र सार्दै आइसीयु कक्ष नै बन्द गर्नु परेको छ । मंगलावार राति नै बिद्युत लाइन बिग्रेर अबरुद्ध भएपनि अहिलेसम्म मर्मत भइसकेको छैन । रातिदेखि जेनेरेटरको सहायताले अस्पतालको ऊर्जा अभाव बुधवार दिउसोसम्म पूरा भएपनि यसभन्दा बढी धान्न नसक्ने भएपछि बिरामी अन्यत्र सार्न थालिएको अस्पताल प्रशासनले जनाएको छ ।
आइसीयुमा अति संवेदनशील बिरामीहरु राखिने हुँदा अक्सिजन दिइराख्नु पर्ने जसका लागि भेन्टिलेटर लगायत अन्य उपकरणहरु २४ सै घण्टा चलाइरहनु पर्ने हुन्छ । यस्तो संवेदनशील बिरामी राखिने आइसीयुमा नै बिद्युतीय समस्या देखिएपछि बिरामीका आफन्त हरुलाई थप चिन्ता बढेको छ  ।

उपचारमा अब्बल मानिएको अस्पतालको आइसीयुमा नै विद्युतीय समस्या देखिएपछि अहिले बिरामीका आफन्तले सास्ती खेप्नु परेको छ । बिरामीको जीवन रक्षाका लागि अन्य अस्पतालका आइसियुमा सार्न पहल भइरहेको अस्पतालले जानकारी दिएपनि यसरी लामो समयदेखि आइसीयुमा देखिएको उर्जाको समस्याले बिरामीहरुको स्वास्थ्य थप जोखिममा परेको छ ।
अन्य देशको कुरा गर्ने हो भने आइसीयुमा मात्र नभई अस्पताल जस्तो संवेदनशील क्षेत्रमा विद्युतीय इन्धन र औषधि जस्ता अत्याश्य्क बस्तुको समस्या नहोस भनी बिशेष ध्यान दिइन्छ  ।

र, यस्ता व्यवस्था नेपालका अस्पतालहरुमा नभएको पनि होइनन् । तर नाकावन्दी र सीमामा अवरोधका कारण सिर्जित चुनौतीले मुलुकका हरेक क्षेत्र प्रभावित बन्दा चुनौतीहरु थपिदो छन् ।

Please follow and like us:

Comments