काठमाडौँ  । भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण इन्धन अभावले गरिब जनताको चुलो बल्न छाडेका बेला प्रधानमन्त्री केपी ओलीले आफ्नो बालुवाटारस्थित निवासमा भोजभतेर र खाजानास्तामा मात्र लाखौं फजुल खर्च गरेको खुलासा भएको छ ।

उनले कात्तिक महिनामा मात्र भोजभतेर र खाजा नास्तामा १२ लाख ६१ हजार १ सय ८९ रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भुक्तानीका लागि सार्वजनिक बिलमा ‘प्रधानमन्त्री निवासमा विभिन्न मितिमा बसेको बैठकमा भएको उक्त खर्च उल्लेख छ ।

जसअनुसार भोजभतेर र खाजानास्ता अनमोल क्याटरिङ सर्भिस प्रालिले आपूर्ति गरेको छ । प्रधानमन्त्री कार्यालयले ओलीका लागि भन्दै १ लाख १७ हजार ४ सय ७ रुपैयाँको एप्पल आइप्याडसमेत खरिद गरेको छ । आइप्याड ग्लोबल लिंक टेक्नोलोजी प्रालिबाट खरिद गरिएको वेबसाइटमा उल्लेख छ ।

Comments

comments