टोक्यो । भनिन्छ जे हुन्छ,जापानमै हुन्छ । निकै मिहिनेती र इमान्दार नागरिकहरुको देशका रुपमा परिचित जापान हरेक क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्न चाहन्छ । जस्तो शिशुहरुको वामे सार्ने प्रतियोगीतामा समेत जापानले नयाँ विश्व कीर्तिमान कायम गरेको छ ।

सोमवार जापानको राजधानी टोक्योको दक्षिण पश्चिममा अवस्थित योकोहमाको एक सपिङ मलमा शिशुहरुको बामे सार्ने प्रतियोगीताको आयोजना गरिएको थियो । गिनिज बुकमा नयाँ कीर्तिमान बनाउँने उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगीतामा ६ महिनादेखि १६ महिनासम्मका ६ सय जना शिशुहरुलाई सहभागी गराइएको थियो ।

ती शिशुहरुले घुँडा र हात खुट्टाको बलमा वामे सारेर निश्चित लाइनमा बसी तोकिएको दुरी पार गर्नुपथ्र्यो । प्रतियोगी शिशुहरुलाई हौस्याउँन र लोभ्याउँन उनीहरुका आमा वुवाहरुलाई रिङ बाहिर बस्न अनुमति दिइएको थियो । आफ्ना आमावुवाको हौसलामा ती अवोध शिशुहरुले कोही हाँस्दै त कोही रुँदै प्रतियोगीतामा सहभागी मात्र भएनन्,देशको लागि नयाँ विश्व कीर्तिमान समेत बनाउँन सफल भए ।

जापानी प्रकाशन संस्था बेनेसेले आयोजना गरेको उक्त प्रतियोगीतामा ६०१ शिशुहरुलाई सहभागी गराइएको थियो । यसअघि चीनले गत वर्ष ४५१ शिशुहरुलाई एकैपटक वामे सार्न लगाएर बनाएको विश्व कीर्तिमान जापानले तोडेको हो ।
प्रतियोगीताका विजेता शिशुका अभिभावकलाई हेडसेड डिजिटल क्यामेरा प्रदान गरिएको थियो । उक्त विशेष क्यामेरा मार्फत उनीहरुले आफ्ना शिशुको भिडियो तथा फोटो हेण्डफ्री तरिकाले खिच्न सक्नेछन् ।

Comments

comments