लाहान। मधेसी मोर्चाको आन्दोलनका कारण सिरहाको लहान तनावग्रस्त बनेको छ  ।

मोर्चाका कार्यकर्ताले इलाका प्रहरी कार्यालय लहान अगाडि टायर बालेपछि सुरु भएको झडपका कारण लहान क्षेत्र तनाबग्रस्त बनेको हो । कार्यालय अगाडि बालेको टायर सुरक्षाकर्मीले हटाएपछि आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए ।

आन्दोलनकारीले ढुंगामुढा प्रहार गर्दै प्रहरीलाई उत्तेजित पारेपछि सुरक्षाकर्मीले एक राउन्ड फायर गरेको छ।

Comments

comments