वाशिंगटन डिसी । भारतले नेपाल र भारतबीचको व्यापार तथा पारवहन अवरुद्ध गरेर मानवीय संकट सिर्जना भएको अवस्था बारे अमेरिका लगायत अन्तर्राष्ट्रीय समुदायको ध्यानाकर्षण गराउने र अन्यायपूर्ण आर्थिक नाकावन्दी अन्त्य गर्न दवाव दिने मुख्य उदेश्यले अमेरिकामा रहेका संघ तथा संस्थाको सयुक्त पहलमा ह्वाइट हाउस अगाडी व्यापक बिरोध प्रदर्शन गरेका छन ।

भारतले गरेको अमानवीय ब्यबहार प्रति बिरोध प्रदर्शन गर्दै हजारौको संख्यामा अमेरिकाका दुई दर्जन भन्दा ज्यादा राज्यहरुबाट नेपालीहरु वाशिंगटन डिसी डिसीमा एकत्रित भै भारत बिरुद्ध नाराबाजी गरेका छन् ।

टाढा टाढाबाट आई पुगेका नेपालीहरुले नेपाली झन्डा, भादगाउले नेपाली टोपी, बिरोध जनाउने गरि कालो कपडा, कालो चस्मा, कालो कोट, कालो जुत्ता तथा कालो पोशकमा जुलुसमा सहभागी हुदै तुल, झन्डा र बिभिन्न नारा लेखेका सामग्री सहित व्हाइट हाउस अगाडी वरपर जुलुसले परिक्रमा गरेको छ l यसको साथै नेपाली राष्ट्रिय गान तथा राष्ट्रिय गीतहरू समेत बजाइएको थियो ।

नाकाबन्दी बिरुद्ध बिहान ११ः३० बजे देखि दिउँसो ३ बजे सम्म लाफायत पार्क (ह्वाईट हाउस अगाडि) विशाल प्रदर्शन गरिएको छ ।

बिरोध प्रदर्शनीलाई व्यापक, सहभागिता मुलक तथा सशक्त बनाउन अमेरिका भरि रहेका संघ संस्थाका पदाधिकारी, ब्यबसायी, बुद्धिजीवी, बिद्यार्थी, विभिन्न पेसामा संलग्न व्यक्तिहरु, साहित्यकार, शिक्षक, खेलाडी, वकिल, कलाकार, महिला, पुरुष, बृद्ध/बृद्धा, बाल बालिका, प्राध्यापक,पत्रकार तथा सबै पेसाका नेपाली समुदायको अभूतपूर्व उपस्थिति रहेको थियो ।

झन्डै ५० प्रकारका बिरोध जनाउने प्रचार तथा प्रसार सामग्री, तुल/झन्डा जुलुसका सहभागीले नारा लगाउदै हिडेका थिए भने उक्त बिरोध जुलुस प्रदर्शनमा अंग्रेजी तथा नेपाली दुवै भाषामा लेखिएको नाराहरु व्हाइट हाउस नै थर्किने गरि आवाज निकाली एको थियो l

नेपाललाई नाकाबन्द, भारतको आँखा बन्द, मित्रताको हात रुक्दैन, तर नेपाली स्वाभिमान झुक्दैन, नेपाल फुटाउन गार्हो छ, जातिय सद्भाव प्यारो छ, बुझी राख दिल्लीका नवाब, नेपालमा काम गर्दैन तिम्रो दबाव तथा मानो तेल पाथी होइन, नाकाबन्दी गर्ने साथी होइन जस्ता तुल तथा झन्डा द्वारा प्रदर्शन गर्दै बिरोध गर्दै नारा लगाएका थिए ।

भारतीय नाकाबन्दी बिरुद्ध गठन भएको डिसी विरोध एकता योजना समितिले आयोजना गएको बिरोध कार्यक्रममा समितिका केहि सदस्यले भारतले गरेको अघोषित नाकाबन्दी बिरुद्ध मन्तब्य राखेका थिए भने नेपालका चर्चित हास्य कलाकार मनोज गजूरेलले मोदीलाई सन्देश दिनूका साथ राष्ट्रीय गीत समेत गाएका थिए ।

कार्यक्रममा म्यारिल्याण्ड राज्यका इन्डीएन हेड शहरका उप नगर प्रमुख किरण सिटौलाका पिता कपिल सिटौलाले हिमाल,पहाड मधेस तथा तराईलाई प्रतिनिधित्व हुने गरि बस्त्र लगाएर जुलुसमा नारा लगाउदै हिड्नु भएको थियो ।

यसको साथै व्हाइट हाउस, अमेरीकाका राष्ट्रपति, अमेरिकाका परराष्ट्रमन्त्रि जोन केरी तथा भारतीय राजदुताबासलाई ज्ञापन पत्र बुझाएको छ ।

Comments