काठमाडौं । आइतवार अष्ट्रेलियन डलरको भाउ फेरि बढेको छ । नेपाल राष्ट्र बैंकले आइतवारका लागि अष्ट्रेलियन एक डलरको खरीददर ७६ रुपैयाँ २३ पैसा तोकेको छ ।

यस्तै अष्ट्रेलियन एक डलरको विक्री दर भने ७६ रुपैयाँ ६६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउमा पनि सामान्य वृद्धि भएको छ । आइतवार एक अमेरिकी डलरको खरीद दर १०५ रुपैयाँ ६६ पैसा र विक्री दर १०६ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

 

Comments

comments