काठमाडौ । नयाँ शक्ति गठनका विषयमा छलफल गर्न बाबुराम भट्टराईपक्षको भेला आज हुँदैछ । नयाँ शक्ति अभियानलाई मूर्तरुप दिन आज भेला बोलाइएको छ ।

बिहान ११ बजे काठमाडौमा हुने भेलामा नयाँ शक्ति गठनका विषयमा भइरहेको छलफल र अबको रणनीतिका विषयमा नेता भट्टराईले धारणा राख्नु हुनेछ । भट्टराई समर्थन र नयाँ शक्ति निर्माणको अभियानमा लागेकाहरुको भेलामा सहभागिता रहनेछ ।
असोज ३ गते संविधान जारी भएको ६ दिनपछि तत्कालीन राजनीतिक संवाद तथा सहमति समिति सभापतिसमेत रहनुभएका भट्टराईले सांसद र

एमाओवादी दुवैबाट राजीनामा घोषणा गर्नुभएको थियो ।

भट्टराईले तराई मधेसकेन्द्रित रहेको संघीय समाजवादी फोरमसँग पहिलो चरणमा कार्यगत एकता गर्ने तयारी छ । भट्टराईले विभिन्न राजनीतिक दलका कार्यकर्ता, बुद्धिजीवी, उद्योगी व्यवसायीसँग छलफल गरिरहनु भएको छ ।

Comments

comments