काठमाडौं । सफल चलचित्र परदेशीकी नायिका हुन् रजनी केसी । हुन त उनले दुई वर्ष अघि नै छविराज ओझाको ब्यानरमा लोफर नामक चलचित्रमा ब्रेक पाएकी थिईन् । तर लोफरबाट उनले खासै परिचय बनाउँन सकिनन् । तर प्रशान्त तामाङसँगको परदेशी हिट भएपछि भने रजनीको  व्यस्तता पनि बढ्दै छ ।

यतिबेला उनको अर्को चलचित्र ब्रासलेट पनि तयार हुदैछ । दशैमा रिलिज भएको सफल चलचित्र परदेशी रिलिज भएपछि उनले नायिकाको परिचय मात्र पाइनन्, थुप्रै बिहेको प्रस्तावहरु पनि आउन थालेको बताए । गाउले एक साधारण युवतीको भूमिका निर्वाह गरेकी रजनी पाल्पा र पश्चिम क्षेत्रबाट फेसबुक बिहेको प्रस्ताव धेरै आएको बताइन् । तर ती प्रस्तावहरु परदेशीभित्रकी रजनीलाई भएको उनको बुझाइ छ । यसअर्थमा आफ्नो रोलमा न्याय गर्न सकेकोमा उनी खुशी छिन् ।

छबिराज प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्र लोफरबाट रजतपटमा पाइला टेकेकी नायिका रजनीलाई त्यसपछि भने छविले दोहोर्याएनन् । तर रजनीले भने छवि र उनको गुणलाई नविर्सने बताइन् ।  चलचित्र क्षेत्रमा आफूलाई फिल्ममा जन्म दिने निर्माताको रुपमा छबिलाई सधैं सम्झिरहने उनले प्रष्ट पारिन् ।

उता छवि प्रोडक्सन भने रजनीपछि आएकी शिल्पा पोखरेललाई स्थापित गराउँने अभियानमा लागेको छ ।

Comments

comments