एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना विजयी भएको छ ।

बार्सिलोनालो चिरप्रतिद्धन्द्धी रियल मड्रिडलाई शनिबार राति उसकै घरेलु मैदान बर्नव्यउमा ४–० ले हरायो । बार्सिलोनालाई सानदार जित दिलाउन लुइस स्वारेजले दुई तथा नेइमार र आन्द्रे इनिएस्टाले एक एक गोल गरे । ११ औं मिनेटमा स्वारेजले पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा नेइमारले अग्रता दोब्बर पारे । ५३ औं मिनेटमा इनिएस्टाले गोल गरेपछि रियल मड्रिड ३–० ले पछि पर्‍यो । ७४ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए ।

जित पछि शीर्ष स्थानको बार्सिलोनालो रियल मड्रिडसँगको अंक दूरी ६ मा पुर्‍याएको छ । बार्सिलोनाको १२ खेलबाट ३० तथा दोस्रो स्थानको रियल मड्रिडको १२ खेलबाट २४ अंक छ । शनिबार रातिको खेलमा सुरुमा बेन्चमा रहेको मेस्सी ५७ औं मिनेटपछि खेलेका थिए । ५५ औं मिनेटमा इस्को रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सिमित भएको थियो ।

शनिबार राति नै अरु खेलमा रियल सोसिडाड, डिप्रोटिभो डी ला कोरुना र इस्पानियोल विजयी भए ।

सोसिडाले सेभिल्ला, स्पानियोलले मालागा र डिप्रोटिभो डी ला कोरुनाले सेल्टा डी भिगोलार्ई समान २–० हराएका हुन् । भ्यालेन्सिया र लास पालमसले १–१ को बराबरी खेले ।

Comments