काठमाडाैं । नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संघीय समाजवाली फोरमसँग एकताको तयारी थालका छन् ।

आइतबार राजधानीमा देशब्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यसको खुलासा गरेका हुन् । ‘उपेन्द्र यादवजी र राजेन्द्र श्रेष्ठसँग निरन्तर संवाद भइरहेको छ, आइतबार राष्ट्रिय भेला पछाडि देशैभरि नयाँ शक्तिको अभियान चलाउँछौं । पुसमा फोरमसँग मोर्चाबन्दी हुन्छ ।’ भट्टराई निकट उच्च स्रोतले भन्यो, ‘फागुनमा पार्टी एकता हुन्छ ।’

नयाँ शक्तिमा अरु दल र मोर्चासमेत सहभागी हुने भए पनि तीन समुदाय मधेस, जनजाति खसय आर्यका तर्फबाट क्रमश, यादव, अशोक राई र भट्टराईले नयाँ शक्तिलाई नेतृत्व दिनेसमेत स्रोतले जनाएको छ ।

Comments