मेलबर्न । तमु समाज भिक्टोरियाको भेला तथा बार्वेक्यू कार्यक्रम मेलबर्नमा सम्पन्न भएको छ ।

नेपालीहरुको महान पर्व दशैं र तिहारको उपलक्ष्यमा शनिवार आयोजित उक्त कार्यक्रममा उल्लेख्य संख्यामा सहभागीता रहेको थियो । स्थानीय कोबर्ग लेक रिजर्भ पार्कमा आयोजित उक्त कार्यक्रमको प्रमुख लक्ष्य सदस्य नवीकरण गर्नु र नयाँ सदस्यहरुलाई समाजमा निम्ता गर्नु रहेको समाजकी सचिव अमृता गुरुङले हिमालयन कङ्गारुलाई बताउँनुभयो । छोटो अवधिको सूचनाका वावजूद पनि कार्यक्रम निकै भव्य र सफल रहेको उहाँले बताउँनुभयो । समाजले विगत १५ वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

tamu 1पारिवारिक जमघटका रुपमा समेत रहेको उक्त कार्यक्रममा समाजका आगामी कार्यक्रमहरुका बारेमा चर्चा गरिएको थियो । साथै म्यूजिकल चियर,घैंटो फुटाउँने,फेस पेन्टिङ जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु समेत राखिएका थिए ।

समाजले आउँदै गरेको तमु ल्होछारको अवसरमा पनि विशेष कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ । ल्होछार कार्यक्रम आउँदो सन् २०१६ को जनवरी ३ तारिख आइतवारका दिन इष्टोनियन हाउसमा हुनेछ ।

tamu 2

Comments

comments