काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तराई मधेसमा जारी आन्दोलन अदृश्य शक्तिले परिचालन गरिरहेको खुलासा गर्नुभएको छ । मधेस आन्दोलन नेपाली मधेसी आन्दोलनकारीको हातबाट फुत्कँदै गएको उहाँको भनाई छ ।

शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले यसप्रति सरकारले बेलैमा गम्भीरता नदेखाए ठूलो दुर्घटना हुने आशंका व्यक्त गर्नुभयो । वार्ता र सम्वादबाटै मधेसको समस्या समाधान गर्नु पर्ने उहाँको जोड थियो । छठपछि वार्ता अघि बढ्नुको सट्टा गतिरोध देखिएको बताउँदै नेता भट्टराईले तराई मधेसको आन्दोलन आन्दोलनकारी शक्तिको हातमा नरहने र अराजकतातिर जाने डरलाग्दो संकेत देखिएको उल्लेख गर्नुभयो ।

एम्बेलुन्समा तोडफोड गर्ने, औषधि जलाउने काम राजनीतिक आन्दोलनकारीबाट हुन नसक्ने उहाँको  निष्कर्ष छ ।

वार्ताको पहल सरकार र सरकारमा रहेका दलहरुले लिनु पर्ने भन्दै उहाँले सहयोग गर्न आफू तयार रहेको बताउँनुभयो । सचेत नागरिकको हैसियतमा आफू सत्तारुढ र आन्दोलनरकारी दुबै पक्षसँग सम्वादमा रहेको भन्दै उहाँले समस्या समाधानका लागि आफू जुनसुकै भूमिका निर्वाह गर्न र सहयोग गर्न तयार रहेको पनि बताउँनुभयो ।

Please follow and like us:

Comments