एजेन्सी । बलिउडमा सेलिब्रेटीहरुको मात्र होइन उनीहरुका जीवन साथीको पनि चर्चा हुने गर्दछ । गौरी खान होस या मिरा राजपुत,उनीहरुले सेलिब्रेटी सरह नै पनि चर्चा पाउँदै आएको छ ।

यस पटक भने चर्चा रहेकी छिन् अभिनेता शाहीद कपुरकी नव दुलही मिरा राजपुत । बलिउडका चकलेटी ब्वाइका रुपमा रहेका शाहीदले विवाह गर्ने निर्णय गरेसँगै चर्चामा आएकी मिरा विवाहपछि झनै चर्चा आइन् । यस पटक भने उनी उनले लगाएको ड्रेसको कारण चर्चामा आएकी हुन् । सोझी रुपमा प्रस्तुत हुँदै आएकी मिरा यसपटक निकै बोल्ड रुपमा प्रस्तुत भएपछि चर्चा त हुने नै भयो । मसावा गुप्ताको ब्राइडल पार्टीमा मिराले लगाइएको पहिरन रउनको सुन्दरताको खुबै चर्चा भयो । पहिरनसंगै उनले ढाढमा बनाएको कमलको फुलको ट्याटुको पनि खूबै चर्चा भयो ।

कतै मिरा पनि बलिउड छिर्ने तयारीमा त छैनन् भन्ने अर्को चर्चा पनि शुरु भएको छ ।

Comments

comments