दीपेन्द्र दोङ  तामाङ,मेलबर्न । भारतले नेपालमाथि लगाउँदै आएको नाकाबन्दीको विरोधमा विश्वका विभिन्न मुलुकमा प्रदर्शन हुने क्रम जारी छ । शुक्रवार अष्ट्रेलियाका विभिन्न राज्यहरुमा एकैसाथ नाकाबन्दी विरुद्ध विरोध प्रदर्शन गरिएको छ ।

भारतले विगत २ महिनादेखि लगाउँदै आएको नाकाबन्दीको विरोधमा अष्ट्रेलियाका नेपाली समुदायले शुक्रवार सिड्नी,भिक्टोरिया,न्यू साउथवेल्स र व्रिसबोन लगायतका विभिन्न राज्यहरुमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका लागि एनआरएनको संयोजकत्वमा एकसय एक सदस्यीय समिति समेत गठन गरिएको थियो ।

rally 3भिक्टोरियाको मेलबर्नमा आयोजित भारतीय नाकाबन्दी विरुद्धको विरोध र्यालीमा ठूलो संख्यामा नेपालीहरुको सहभागीता रहेको पत्रकार अरुण लम्सालले जानकारी दिनुभयो । सिमसिम पानी परिरहेको भए पनि विरोध प्रदर्शनमा विभिन्न क्षेत्रका नेपालीहरुको सहभागीता रहेको थियो । र्यालीमा अष्ट्रेलियामा रहेका अधिकांश नेपाली संघ संस्थाहरुको सहभागीता रहेको थियो । मानवीयताका लागि एकता भन्ने नाराका साथ स्थानीय समय अनुसार साँझ ५ बजेपछि साँढे ६ बजेसम्म जारी रहेको विरोध र्यालीका सहभागीहरुले भारतको हस्तक्षेपकारी नीति र नाकाबन्दीको विरोध गरिएका प्लेकार्ड र व्यानर प्रदर्शन गरिएको थियो । उनीहरुले राजनीति भन्दा अगाडि मानवीयता हुनुपर्नेमा पनि जोड दिएका थिए ।

Ausविरोध प्रदर्शन निकै सफल भएको बताउँदै एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने गुरुङले भूकम्पबाट पीडित नेपालीहरुको पीडा निको हुन नपाउँदै भारतले लगाएको नाकाबन्दी मानवता विरोधी भएको दाबी गर्नुभयो । उहाँले यसबाट मुलुकलाई निकास दिन सरकार र सबै राजनीतिक दलहरुले गम्भीरतापूर्वक लागिपर्नुपर्नेमा जोड दिनुभयो ।

गुरुङले अब छिट्टै दोस्रो चरणको विरोध कार्यक्रमको आयोजना गरिने बताउँनुभयो । दोस्रो चरणको कार्यक्रममा हस्ताक्षर संकलन गरी भारतीय दुतावासमा बुझाइने उहाँले जानकारी दिनुभयो ।

Please follow and like us:

Comments