मेलबर्न ।  भारतले नेपालमाथि लगाउँदै आएको नाकाबन्दी विरोधमा अष्ट्रेलियाका विभिन्न राज्यहरुमा एकैसाथ प्रदर्शन गरिएको छ । त्यसक्रममा नेपालीहरुको उल्लेख्य बसोबास रहेको भिक्टोरियाको मेलबर्नमा पनि प्रदर्शन भएको छ ।

rallyभारतीय नाकाबन्दी विरुद्ध स्थानीय फेडेरेशन स्क्वायरमा आयोजित विरोध र्यालीमा ठूलो संख्यामा नेपालीहरुको सहभागीता रहेको थियो । सिमसिम पानीको वावजुद पनि प्रदर्शन सम्पन्न भएको एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेलले बताउँनुभयो । र्यालीमा भिक्टोरियामा रहेका अधिकंश नेपाली संघ संस्थाहरुको सहभागीता रहेको कँडेलले जानकारी दिनुभयो ।

rally 1मानवीयताका लागि एकता भन्ने नाराका साथ शुक्रवार स्थानीय समय अनुसार साँझ ५ बजेपछि शुरु भएको विरोध र्याली करिब डेढ घण्टासम्म जारी रहेको संयोजक कँडेलले बताउँनुभयो ।

Photo Source : Raju Shakya’s Facebook

Comments

comments