एजेन्सी । सुन्दरता र कोमलताको प्रतीक मानिने फूल कसलाई पो मन नपर्ला ?

यसको पवित्रतामाथि विश्वास भएरै होला मन्दिरमा हुने पूजाआज पनि फूल नै चढाइन्छ । थरि थरिका फूलहरुमध्ये चमेलीको फूल अर्था जस्मिन फ्लावर पनि अत्यन्त सुन्दर फूलमा मानिन्छ । तर यो फूल चीनमा भने प्रतिबन्धित छ । त्यसैले चीनमा यो फूलको बोट रोप्न पाइदैन ।

रोचक कुरा त के हो भने यो फूलमात्र होइन, यससंग जोडिका हरेक चीज चीनमा प्रतिबन्धित छ । जस्तो कसैले पनि आफ्ना वच्चा वा कम्पनीको जस्मिन राख्न पाइदैन भने यो फूलको नाम लिएर कुनै गीत गाउँदा पनि कारवाहीमा परिन्छ ।

यति सुन्दर फूलमाथि चीनको किन यति धेरै घृणा ? यसको कारण हो सन् २०११ मा ट्युनेशियामा भएको ‘ज्यासमिन रिभोलुसन’ अर्थात जस्मिन क्रान्ति । त्यही आन्दोलन पछि चीनले यो फूलसंग जोडिएको हरेज चीजमा प्रतिबन्ध लगाएको हो ।

Comments

comments