काठमाडौँ  । नेपालमा जारी भारतीय नाकाबन्दीको मुख्य योजनाकारहरु नेपाली राजनीतिक दलका नेताहरु नै भएको आशंकामा मलजल गर्दैैै डा। बाबुराम भट्टराईले भारतीय राजदूतसँग तीन घण्टा गोप्य भेटवार्ता गरेका छन् ।

भारतले अघोषित नाकाबन्दी गरिरहेको बेला भारतीय एजेन्टको आरोप खेप्दै आएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही नागरिक अगुवाहरु सुन्दरमणि दिक्षित, पद्मरत्न तुलाधर, डा. भगवान कोइरालालगायतका व्यक्तिहरुलाई अघि अघि लगाएर भारतीय दूतावासको मुल गेटसँगै रहेको होटल सांग्रिलामा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रमममा नाकाबन्दीले अप्ठेरोमा पर्दै गएको भारत र केही खुकुलो बनाएर अन्तर्राष्ट्रिय दबाबलाई मत्थर पार्ने योजना तयार पारिएको सो भेटवार्तामा सहभागी एक नागरिक समाजका अगुवाले बताए ।

बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म भएको गोग्य वार्तामा केपी ओलीको सरकार ढाल्ने र नयाँ वैकल्पिक सरकार गठन गर्ने विषयमा समेत छलफल भएको छ ।सो गोप्य वार्तामा पद्मरत्न तुलाधरले भारतीय नाका बन्दीको पक्षमा वकालत गरेका थिए भने भट्टराईले नाकाबन्दीले मानवीय संकट उत्पन्न भएकोले जुनसुकै बहानामा अन्त्य हुनु पर्ने बताए ।

औषधि आयात सहज बनाउने र नाकाबन्दी जारी राख्न डा. भट्टराईको सुझावका आधारमा बिहिबार नै औषधि आयात सहज बनाउने निर्णय भएको हो । भट्टराई र राजदूत बसेर तयार पारेको विज्ञप्ति दिल्ली र मधेसी मोर्चाले एक साथ सार्वजनिक गरेका हुन् ।

Comments

comments