काठमाडौ । भारतीय केन्द्रिय गृहमन्त्री राजनाथ  सिहं ६ दिने चीन भ्रमण गएका छन् ।

गृहमन्त्री सिहंले राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री लि खछ्याङ, चिनियाँ समकक्षी लगायतसंग पनि उच्चस्तरिय भेटवार्ता गर्नेछन् ।

सिहंले भम्रणको क्रममा चिनियाँ अधिकारीसँग सिमा विवाद, सुमधरु सम्बन्ध,सम्झौता, सुरक्षाको विषयमा छलफलका साथै भारतको उतरपुर्वी क्षेत्रका विद्रोही नियन्त्रण गर्न हातहतियार बृद्धि गर्नुपर्ने विषयमा छलफल हुने भारतिय सञ्चार माध्यमले जनाएका छन् ।

नेपालले भारतमाथि नाकाबन्दी गरेपछि अन्तराष्ट्रिय रुपमै आलोचित भइरहको समयमा उनी चीन भ्रमणमा गएका हुन् ।

सिंहले भारतले नाकाबन्दी गरेपछि चीनले नेपालमा गरेको सहयोग, नेपाल र चीन बिच भएको पोट्रोलियम पदार्थमा भएको सम्झौता लगायत बिषयमा चिनियाँ सरकारको मन बुझ्न उनी चीन गएको स्रोतको दाबी रहेको छ।

Comments

comments