काठमाडौं । नेपालमाथि  लामो नाकाबन्दी गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिरुद्ध भारतमै चर्काे आवाज उठ्न  थालेको छ । राजनीतिक दल र ब्यापारीक समुहले नेपालमाथी नाकाबन्दी भारतीय संस्थापन पक्षको निर्णयबिरुद्ध आवाज उठाउन थालेका छन् ।

भारतीय कांग्रेसआई, जनता दल यूनाइटेड, राष्ट्रिय जनता दलले नेपालमाथी नाकाबन्दी गर्ने मोदीको अघोषित नीतिप्रति तिव्र असन्तुष्टी समेत जनाएका छन् । ‘मोदी सरकारको विदेश नीति पूर्णरुपमा असफल हुँदै गएको छ’ भारतीय जनता पार्टी यूनाइटेडका नेता केसी त्यागीले भने ‘मोदीको गलत विदेश नीतिले नेपाल जस्तो नजिकको मित्र राष्ट्र चीन नजिक हुँदैछ ।’

त्यसैगरी राष्ट्रिय जनता पार्टीका नेता मनोज झाले मोदीको नेपाल नीति असफल भएको भन्दै आलोचना गरेका छन् । ‘नेपालमा देखिएको केही मधेस केन्द्रीत दलको समस्यामा मोदीको बिचारबिमर्स नै लगत सावित भएको छ ।’

कांग्रेसआईका नेताहरुले पनि मोदी सरकारको रवैयाप्रति तिव्र आलोचना गरेका छन् । ‘७० बर्षसम्म भारतसँग नेपालका धेरै गुनासा थिएनन् तर अहिले ठुला र डरलाग्दा गुनासाहरु देखिन थालेका छन्’ कांग्रेसआईका नेता रसिद अल्भीले भने ।

Please follow and like us:

Comments