काठमाडौँ । बिहीबारदेखी काठमाडौंमा १० औं फिल्म साउथ एसिया महोत्सव शुरु हुँदैछ । दक्षिण एसियाली देशका वृत्तचित्र प्रदर्शन हुने कार्यक्रममा विभिन्न विधाका ११ मिनेटदेखि तीन घन्टासम्मका ४३ वटा चलचित्र प्रर्दशन हुने भएका छन् ।

प्रदर्शनीमा विद्यार्थीले निमार्ण गरेका आठ वटा चलचित्र पनि देखाइनेछ । हरेक २ वर्षमा आयोजना हुने महोत्सव यसअघि कुमारी हलमा हुने गरेकोमा यो वर्ष पाटनढोकाको यलमाया केन्द्रमा हुने आयोजक  साउथ एसिया ट्रष्टले जानकारी दिएको छ ।

४ दिनसम्म चल्ने महोत्ववको उद्घाटन बिहीबार भारतीय चर्चित वृत्तचित्र निर्देशक अदुर गोपालकृष्णनले गर्नुहुनेछ । महोत्सवमा २३ वटा वृत्तचित्र निर्देशकको उपस्थिती रहने आयोजकले बताएको छ । महोत्वस सम्बन्धि जानकारी दिन गरिएको कार्यक्रममा फिल्म साउथ एसियाका निर्देशक कनकमणी दिक्षितले नेपालमा आयोजना हुने महोत्सवले दक्षिण एसियाली देशमा छोटा फिल्मको विकासको लागि महत्वपूर्ण योगदान दिने बताउनुभयो ।

भारतका चर्चित वृत्तचित्र निर्देशक अदुर गोपालकृष्णन आउने र दर्शकले छलफल गर्न पाउने भएकाले पनि यो वर्षको महोत्वस भिन्न हुने पनि दिक्षितले बताउनुभयो । महोत्वसका फिल्म हेर्न ५० रुपैयाँ शुल्क राखिएको छ ।

Please follow and like us:

Comments