काठमाडाैं । प्रमुख दलका शीर्ष नेता र मधेसी मोर्चाबीच बुधबार वार्ता हुँदैछ। ‘निर्णायक’ भनिएको वार्ता सिंहदरबारस्थित राज्य व्यवस्था समितिको हलमा हुने तय भएको छ। वार्ता वेलुका ४ बजे सुरू हुने मधेसी मोर्चाका नेता महेन्द्र राय यादवले बताए।

नेताहरूले अाजको वार्तालाई निर्णायक हुने बताएका छन्। एमाअोवादी अध्यक्ष पुष्पकमल दाहाल वार्तालाई निर्णायक बनाउने भन्दै सोमबारदेखि अान्तरिक अनाैपचारिक छफलफमा व्यस्त छन्। दाहालले प्रधानमन्त्री केपी अोली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाका नेताहरूसंग बेग्लाबेग्लै अनाैपचारिक छलफल गरेर मिलनबिन्दु पहिल्याउन पहल गरेका छन्। सरकारी र मधेसी मोर्चाको वार्ता टोलीबीच भएका पटकपटकका वार्ता असफल भएपछि दुबै पक्षका शीर्ष नेताबीच वार्ता थालिएको हो।

मोर्चा तर्फबाट उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव, लक्ष्मणलाल कर्ण लगायत सहभागी हुने मोर्चाका नेता रामनरेश रायले बताए। शीर्ष नेता तर्फ एकीकृत माअोवादी अध्यक्ष दाहाल,एमाले वरिष्ठ नेता झलनाथ खनाल,राप्रपा नेपाल अध्यक्ष कमल थापा लगायत सहभागी हुनेछन्।

Comments

comments