एजेन्सी  ।  स्वीडेन र युक्रेन युरोकप २०१६ का लागि छनौट भएका छन् ।

मंगलबार राति स्लोभेनियमा भएको दोस्रो लेगमा स्लोभेनियालाई १–१ को बराबरीमा रोकेको युक्रकेन समग्रमा ३–१ को जितसहित युरोकपका लागि छनौट भएको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा युक्रकेनले स्लोभेनियालाई २–० ले हराएको थियो । ११ औं मिनेटमा बोस्टजान सिजरले गोल गर्दै घरेलु टोली स्लोभेनियालाई सुरुवाती अग्रता दिलाए । खेलको इन्जुरी समयमा एन्ड्री यार्मोलेन्काले गोल गर्दै खेल बराबरीमा ल्याएर युक्रेन समग्रमा ३–१ ले विजयी भयो । यस्तै मंगलबार राति नै भएको दोस्रो लेगमा घरेलु टोली डेनमार्कलाई २–२ को बराबरीमा रोकेको स्वीडेन समग्रमा ४–३ को जितसहित युरोकपका लागि छनौट भएको छ ।

यसअघि आफ्नै मैदानमा भएको पहिलो लेगमा स्वीडेनलो डेनमार्ककलाई २–१ ले हराएको थियो । मंगलबार राति भएको खेलमा स्वीडेनका लागि दुवै गोल जाल्टान इब्राहिमोविचले गरे । डेनमार्कका लागि युसुफ पलसेन र जानिक भेस्टिगार्डले गोल गरे ।

Comments

comments