काठमाडौँ । भारतले रुपैडिहा नाकामा सवारी साधन आवत–जावत सहज बनाएको छ। विगत तीनदिनदेखि नाकामा भारतीय पक्षले अवरोध हटाएको हो।

दुई साता सम्म पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधन नेपाल प्रवेशमा अवरोध पुर्‍ याउँदै आएको भन्सारले तिहारपछि नाका खुकुला पारेको हो। तीनदिन यता नाकाको अवरोधलाई भारतीय पक्षले हटाइसकेको संकेत देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिए।

Please follow and like us:

Comments