काठमाडौँ । निजी विद्यालयले इन्धन अभाव भएपनि  देशैभरीका विद्यालय  आजदेखि नियमित सञ्चालन गर्ने भएको छ ।

विद्यालय बन्द गर्दा कोर्ष पुरा नहुने भएपछि इन्धन नपाएपनि कक्षा सञ्चालन गर्न लागेको हो ।

इन्धन नपाएको भन्दै दसैं र तिहारको बिचमा धेरैजसो निजी विद्यालय खुलेनन् । ‘तेल नपाएपनि विद्यालय बन्द गर्ने योजनामा छैनौ,’ प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले भने, ‘विद्यार्थी हिँडाएर भएपनि कक्षा सञ्चालन गर्छौ । विद्यालय बन्द गर्ने त कल्पना पनि गर्न सक्दैनौं ।’

Comments