काठमाडौं । अभिनेत्री गौरी मल्ल गणतान्त्रिक नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकी छिन् । उनी नै पहिलो नेपाली प्रधानमन्त्री बनेकी छिन् । उनी नयाँ नेपाल पार्टीका तर्फबाट प्रधानमन्त्री बन्न लागेकी हुन् ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेताको स्वास्थ्य अवस्था अचानक विग्रिएपछि संसदीय दलको नेता छान्न भएको मतदानमा गौरीले २१ मत पाएकी थिइन् । उनको प्रतिद्धन्दी तथा पार्टी अध्यक्षका छोराले पनि समान २१ नै मत पाएका थिए । तर पार्टी अध्यक्षको निर्णायक मत गौरीको पक्षमा खसेपछि उनी नेपालको पहिलो प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको हो ।

आइतवारबाट प्रसारण शुरु भएको बहु प्रतिक्षित टेलि श्रृंखला सिंहदरबारको पहिलो भागको परिदृश्य र कथा हो यो । राजनीतिमा महिला सहभागीता र सुशासनको विषयमा आधारित टेलि श्रृंखला सिंहदरबार अब हरेक साताको आइतवार नेपाल टेलिभिजन माार्फत प्रसारण हुनेछ ।
नेपाली चलचित्रलाई पहिलोपटक ओस्कर अवार्डमा पुर्याउँन सफल निर्देशक छिरिङ रितार शेर्पाको निर्माण र निर्देशन रहेको यो टेलिश्रृंखलालाई युवकरराज राजकर्णिकारले प्रस्तुत गरेका हुन् । सिंहदरबारमा गौरी मल्ल,कमलमणि गौतम,भिन्तुना जोशी,सञ्जोग लाफामगर लगायतको अभिनय रहेको छ ।

सिंहदरबारको पहिलो भाग हेर्नुहोस् :

Comments

comments