मेलबर्न । बहुप्रतिक्षित नेपाली फिल्म कबड्डी कबड्डी मेलबर्नका दर्शकहरुले पनि छिट्टै हेर्न पाउँने भएका छन् ।

अष्ट्रेलियाका लागि प्रदर्शन अधिकार पाएको स्मार्ट एक्सेस इन्टरटेन्ट अष्ट्रेलियाले यही नोभेम्वर २९,डिसेम्वर १७ र डिसेम्वर ३१ गरी तीन दिन मेलबर्नमा फिल्म कबड्डी कबड्डी प्रदर्शन गर्दैछ ।

सबै प्रदर्शन सिनेमा नोभा हलमा साँझ ६ बजेदेखि हुनेछ । नेपाली फिल्मलाई प्रवद्र्धन गर्ने उदेश्यले फिल्म कबड्डी कबड्डीलाई अष्ट्रेलियामा पनि प्रदर्शन गर्न लागिएको आयोजकले बताएको छ । यो फिल्म मेलबर्न सहित सिड्नी लगायत विभिन्न शहरहरुमा पनि प्रदर्शन गरिनेछ ।

रामबाबु गुरुङ निर्देशत गत वर्षको सुपर हिट चलचित्र कबड्डीको सिक्वेलका रुपमा निर्माण भएको फिल्म कबड्डी कबड्डी नेपालमा पनि मंसीर ११ अर्थात नोभेम्वर २९ मै रिलिज हुँदैछ । कमेडी जेनरको यो फिल्ममा दयाहङ राई,सौगात मल्ल,रिश्मा गुरुङ,बुद्धि तामाङ लगायतको अभिनय छ ।

यो फिल्मलाई निश्चल बस्नेतको ब्ल्याक हर्स प्रोडक्सनले निर्माण गरेको हो । निश्चल अष्ट्रेलियाबाट नेपाल फर्केर निर्देशनमा लागेका हुन् ।

Please follow and like us:

Comments