मेलबर्न । चितवन समाज भिक्टोरियाको पहिलो साधारणसभा हालै सम्पन्न भएको छ ।

बार्वेक्यू कार्यक्रम सहित आयोजित साधारण सभामा समाजका अध्यक्ष अनन्त पौडेलले दुई वर्षे प्रगतिविवरण प्रस्तुत गरेका थिए । यस्तै कोषाध्यक्ष दीपक आचार्यले आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

सोही साधारण सभाले आगामी कार्यकालका लागि समाजको नयाँ नेतृत्व पनि चुनेको छ । सोमप्रसाद गुरुङको अध्यक्षतामा गठन भएको समाजको उपाध्यक्षमा आत्म रिजाल,सचिवमा अनुपम सायर,सह सचिवमा गोविन्द पाठक,कोषाध्यक्षमा दीपक आचार्य र सह कोषाध्यक्षमा हेम चालिसे चयन भएका छन् ।

यस्तै सदस्यहरुमा विपुल ज्ञवाली,फणिन्द्र भट्टराई,राजेन्द्र उप्रेती,प्रकाश पौडेल,कमल लामिछाने,कृष्ण चालिसे र हरि भुषाल चयन भएका छन् । रिक्त रहेको सल्लाहकार समितिका सदस्यहरु भने समाजको अब बस्ने पहिलो वैठकबाट मनोनयन गर्ने समाजले जनाएको छ ।

Comments

comments