लन्डन । बेलायतको प्रतिष्ठित रुल दि रनवे यूके मोडलिङ प्रतियोगितामा एकजना नेपाली मोडलले पनि प्रतिस्पर्धा गर्दैछिन् ।
बेलायतमा  कार्यरत नेपाली नर्स प्रसुना कंडेल प्रतियोगिताको लागि छानिएकी हुन् ।

तीन चरणको अडिसन पार गरेर उनी अन्य २४ जनासहित आगामी फेब्रुअरी २०१६ मा यूकेको बर्मिङ्घममा हुने प्रतियोगिताका लागि छानिएकी हुन् ।
रुल दि रनवे यूकेले संसारभरका मोडल तथा डिजाइनरहरुका लागि प्लेटफार्म प्रदान गर्ने गर्छ ।

prasunaयतिखेर उक्त प्रतियोगिताका लागि फेसबुक तथा ट्वीटरमार्फत अनलाइन भोटिङ शुरु भइरहेकाले प्रतिष्पर्धी कंडेलले आफूलाई भोट गरिदिन आग्रह गरेकी छिन् । आगामी जनवरी ४ सम्म एउटा व्यक्तिले प्रत्येक दिन भोट गर्न सक्ने कंडेलले जनाइन् । विभिन्न आइपीबाट पनि भोट गर्न सकिनेछ । आफ्नो लिंकलाई सामाजिक सञ्जालमा सकेसम्म शेयर गरेर सहयोग गरिदिन समेत उनको अपिल गरेकी छिन् । प्रतियोगितामा उपाधि जिते त्यसले नेपाल र नेपालीकै चिनारी हुने प्रसुनाको विश्वास छ ।

पेशाले नर्स उनी नेपलिज नर्सिङ एसोसिएसन यूकेकी उपाध्यक्ष हुन् ।

पछिल्लो समय समाजसेवामा समेत उनको संलग्नता बढेर गएको छ । भूकम्प लगत्तै उनकै संयोजनमा नेपाली नर्सहरुको टोली सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवा, लगायत १० जिल्ला पुगेर राहत वितरण तथा उपचारमा संलग्न भएको थियो । उनले धादिङ मारपाक गाउंका एक भूकम्प पीडित ९ वर्षीय बालकको जीवनभरको अध्ययन तथा खर्चको जिम्मेवारी लिएकी छिन् ।

उनले यसअघि पनि बेलायतका विभिन्न मोडलिङ प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन् । उनले बेलायतमा निर्मित नेपाली चलचित्र यू टर्नमा सह नायिकाको भूमिका समेत गरेकी थिइन् । प्रसुना यतिखेर किङडम स्कुल अफ आर्ट्समा थिएटर तथा एक्टिङमा डिप्लो कोर्स गरिरहेकी छन् ।

भोटिङका लागि तलको लिंकमा जानुहोस् 

https://www.facebook.com/RuletheRunwayUK/?sk=app_451684954848385&brandloc=DISABLE&app_data=view-vote%2Cfor-11248943&__mref=message

Comments

comments