मेलबर्न । गत बर्षको सफल चलचित्र कबड्डीको सिक्वेल कबड्डी कबड्डी अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । हो र होइन होला इभेन्ट्सले अष्ट्रेलिया ल्याएको यस चलचित्रलाई बाबा एजुकेसन कन्सल्टेन्सीले दर्शकमाझ प्रस्तुत गर्दैछ ।

पहिलो शो आगामी नोभेम्बर २७ तारिखका दिन सिड्नी सिटिस्थित इभेन्ट्स सिनेमामा सांझ ६ः३० बजे हुँदैछ भने दोश्रो शो २८ नोभेम्बर सांझ ६ः३० देखि बरवुडस्थित इभेन्ट्स सिनेमामा चल्दैछ ।

हाँस्यरसमा बनेको यस चलचित्रलाई ब्ल्याक हर्स पिक्चर्सले सिने आर्ट प्रोडक्सनको सहकार्यमा निर्माण गरेको हो । रामबाबु गुरुङ यसका निर्देशक हुन् ।  चलचित्रमा सौगात मल्ल्,दयाहाङ राई,रिश्मा गुरुङ्,बुद्धी तामङ्(हनुमान),बिजय बराल लगायतका कलाकारको जोड्दार अभिनय रहेको छ ।
नेपाल भने कबड्डी कबड्डी मंसीर ११ मा रिलिज हुँदैछ ।

Comments

comments