मेलबर्न । अस्ट्रेलियामा अधिकारका क्षेत्रमा क्रियाशील एक नेपाली महिला सम्मानित भएकी छिन् ।

समुदायमा महिला अधिकार र घरेलु हिंसा विरुद्ध पैरवी गर्दै आएकी अन्जना रेग्मी एड्ना रायन कम्युनिटी एक्टिभिजम आवार्डबाट सम्मानित भएकी हुन् । अक्टोवर २३ शुक्रवारका दिन सिड्नी ट्रेड सेन्टरमा आयोजित विशेष समारोहमा रेग्मीलाई उक्त अवार्ड प्रदान गरिएको हो । रेग्मी नेपाल हुँदा पनि एकल तथा विधवा महिला अधिकारको पक्षमा वकालत गर्दै आएकी थिईन् । उनी अहिले अस्ट्रेलियाको नेपाली तथा मुल प्रवाहको समुदायमा घरेलु हिंसा विरुद्धको अभियानमा सक्रिय छिन् ।

इमिग्रेन ओमन स्पीक आउटमा उपाध्यक्ष तथा एसियन अस्ट्रेलियन एलायन्स विमेन्स फोरममा कन्भिनियर रहेकी रेग्मीलाई यी दुवै संस्थाले अवार्डको लागि मनोनय गरेका थिए । आफुले शुरु गरेको अभियानमा अझ सक्रिय हुन अवार्डले उर्जा दिएको रेग्मीले बताईन् । अवार्डले अरु महिलाहरुलाई पनि यस अभियानमा लाग्न र उत्पीडनको  विरुद्धमा उभिन प्रेरित गर्ने रेग्मीले बताइन् ।

महिलाको अधिकारको पक्षमा वकालत गर्ने महिलालाई स्वर्गीय एड्ना रायनको स्मृतिमा सन् १९९८ देखि यो अवार्ड प्रदन हुँदै आएको छ । रयनले महिला र पुरुष बीच बराबर पारिश्रमिकको लागि जीवनभरी संघर्ष गर्नुपरेको थियो ।

Comments

comments