काठमाडौं ।  हरेक वर्ष भाइटिका दिन एक दिन मात्र खोलिने काठमाडौं रानीपाखेरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर यो पटक खोलिएको छैन ।

गएको बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण रानीपोखरीको मध्य भागमा रहेको मन्दिरमा क्षति पुगेकोले यसपाली भक्तजनलाई प्रवेश निषेध गरिएको रानीपोखरी विकास समितिले जनाएको छ ।

भूकम्पका कारण मन्दिर सहित त्यहाँ जाने बाटोमा क्षति पुगेको छ । बजेट अभावको कारण मन्दिरलाई जिर्णोदार गर्न नसकिएको समितिले जनाएको छ ।

Comments

comments