काठमाडौं । इन्धन आपूर्तिको सम्भाव्यता बुझ्न नेपाल आयल निगमको टोली बंगलादेश जाने भएको छ ।

भारतीय राजदूत रञ्जीत रेले आन्तरिक समस्या समाधान नभई तत्काल नाकाबन्दी खुकुलो नहुने संकेत दिएपछि निगमको टोली ईन्धन आपूर्तिको सम्भाव्यता बुझ्न शनिबार बंगलादेश तर्फ जाने भएको हो । ईन्धन आयातका लागि बंगलादेशसँग समन्वय गर्न जाने टोलीमा दुई सदस्य रहनेछन् ।

भारतको अघोषित नाकाबन्दी तत्काल नाखुल्ने संकेत मिलेपछि नेपाल आयल निगम ईन्धन अभाव समाधानको उपाय खोज्न बंगलादेश जाने भएको हो । इन्धनको चरम अभाव भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले बंगलादेशसँगको सम्भाब्यता अध्ययन गर्न यो कार्यक्रम बनाएको हो । ईन्धन अभावका कारण विवादास्पद बन्दै गएको निगम पछिल्लो पटक विराट पेट्रोलियम प्रालि सँगको समझौताका कारण धमिलिएको छविका कारण ईन्धन सहजता बनाउने दबाबमा छ । इन्धनको चरम अभावपछि बंगलादेशबाट आयात अध्ययन गर्न नेपाल आयल निगमको दुई सदस्य टोली कात्तिक २८गते शनिबार बंगलादेशतर्फ जाने निगमले जानकारी गराएको छ ।

बंगलादेश जाने टोलीमा निगमका प्रवक्ता मुकुन्द घिमिरे र ईन्जिनियर विभागका प्रमुख विरेन्द« गोइत रहेका छन् । विगत चालीस बर्ष देखि भारतबाट मात्रै पेट्रोलियम पदार्थ ल्याइदै थियो तर पछिल्लो पटक अन्य देशसँगको सम्भाब्यताको विषयमा पनि बृहत गृहकार्य भईरहेको छ । भारतको नाकाबन्दीका कारण पछिल्लो पटक भारतको एकाधिकारलाई भंग गर्दै चीनबाट समेत केही मात्रामा पेट्रोल भित्र्याईएको छ ।

Comments

comments